Logo

नेप्सेमा सामान्य वृद्धि



काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो ।

यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोड कारोबार भएको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ । आज न्यादी हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

यस कम्पनीको आज २२ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्