काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यष तथा प्रधानमन्त्री केपी शर्मा ओली अलि बढी खुला र प्रष्ट तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदा झैं कुटील र छद्म भएको टिप्पणी गरेका छन् ।
हालै सम्पन्न एमाले र माओवादी केन्द्रका केन्द्रीय समितिका बैठकका दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभकालको रुसी पार्टीको झल्को आएको टिप्पणी गर्दै डा। भट्टराईले बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’ भएको आरोप लगाएका छन्।
उनले लेखेका छन्, ‘बरु ओली अलि बढी खुला र प्रस्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase-mongering) को प्रयोगमा।’