Logo

दुई दलीय संयन्त्रको संयोजकको जिम्मा फेरि पूर्णबहादुर खड्कालाई



काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले बनाएको दुर्य दलीय संयन्त्रको संयोजकको जिम्मा फेरि पूर्णबहादुर खड्काले पाएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले दोस्रो पटक संयन्त्रको संयोजकको जिम्मा पाएका हुन् । यसअघि एक महिनासम्म नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सो संयन्त्रको संयोजक थिए ।

सरकारका काम प्रभावकारी बनाउन कांग्रेस र एमालेले गत कातिक १५ गते संयन्त्र बनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चाररचार जना सदस्य छन् ।

दुई दलीय संयन्त्रको कार्यदलमा कांग्रेसबाट खड्कासहित महामन्त्री गगन थापा तथा मन्त्रीद्धय रमेश लेखक र आरजु राणा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष पोखरेल, महासचिव शंकर पोख्रेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन् ।

कार्यदलमा रहेका दुई दलले एक एक महिना संयन्त्रको संयोजक बन्ने तय गरिएको थियो । कात्तिक २१ देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गरेका थिए । मंसिर २१ देखि पुस २० गतेसम्म एमाले नेता ईश्वर पोखरेलले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्