काठमाडौं, २५ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य बोम बहादुर दर्लामी मगरले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले केन्द्रीय कमिटीलगायत साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको हालसम्म केन्द्रिय समितिमा बहाल रहेकोमा विविध कारण बस आजको मितिबाट केन्द्रिय कमिटी लगायत साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेको जानाकारी गराउदछु ।’