Logo

शर्तसहित जोडियो कांग्रेस संसदीय दलको कार्यालयको लाइन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बत्तिको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको काटिदिएको लाइन जोडिएको छ । प्राधिकरणले आज बिहानबाट संसदीय दल कार्यालयको लाइन काटेको थियो । तर, भोलिसम्म बाँकी पैसा तिर्ने सर्तमा लाइन जोडिएको छ ।

तीन महिनासम्म बत्तिको बिल नतिर्दा प्राधिकरणले लाइन काट्ने गरेको छ । संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको थियो ।

६५ हजार जति कांग्रेस संसदीय दलको कार्यालयले तिर्न बाँकी रहेको छ । संसद सचिवालय स्रोतका अनुसार समिति र प्राधिकरणबीच भोलिसम्ममा बाँकी भुक्तनी गर्ने सहमति जुटेको छ ।



प्रतिक्रिया दिनुहोस्