Logo

प्रधानमन्त्री ओलीको माधवलक्षित अभिव्यक्तिः समाजवाद बेच्ने पसल चल्न दिईँदैन



काठमाडौं, २५ पुस । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीको नाममा खुलेका पसलहरु चल्न नदिने बताएका छन् । आज (बिहीबार) पार्टीनिटक विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादसँग साइनो सपना नभएकाहरुले समाजवाद भनेर बेचिरहेको बताए । उनले यस्ता खालका पसलहरु एमालेले चल्न दिन नहुने बताउँदै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको संकेत गरे ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘समाजवादसँग कुनैपनि साइनो नभएका त्यस्ताले पनि समाजवाद भनेर बेच्ने गरेका छन् । भुटेको मकैको धुलो बेचेपनि पाचक भने भइहाल्छ, त्यसले खानेकुरा बचाउँछ । भट्मासको धुले बेचेपनि पाचक भने भइहाल्छ । पाचक बेचेपनि पाचक भने हुन्छ । यो खालको तरिकाले आफ्ना–आफ्ना पसल खोल्न खोजेका छन् मान्छेहरुले । त्यो हामीले चल्न दिन हुँदैन । स्पष्ट कुरा छ, त्यो हामीले चल्न दिन हुँदैन । फेरी अनावश्यक भाउ दिएर नि, सुकाको छैन, सुका पर्ने छैन, त्यसलाई रुपियाँ, रुपियाँ हालेर कहाँ हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्