Logo

रवि र छविलाई काठमाडौं ल्याइने



काठमाडौं, २५ पुस । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका पूर्व एमडी रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख र जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

कास्की अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि रवि र छवि तत्काल नछुट्ने भएका छन् । उनीहरुविरुद्ध रुपन्देही, पर्सा, चितवन र काठमाडौंमा पनि सहकारी ठगी मुद्दा छ । रवि र छविलाई कास्कीमा धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी रहेको बताईएको छ ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि रवि, छवि दुवैलाई प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरुलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । उनीहरुलाई बयानको लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्