काठमाडौं, २५ पुस । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ । आपराधिक लाभ (एक्सटर्सन) कसुरमा थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रसाईँले भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको आरोप छ ।