काठमाडौं, २५ पुस । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको छ । गत कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई आज (बिहीबार) कास्की जिल्ला अदालतका न्यायधीश नितिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
तत्काल प्राप्त प्रमाणको आधारमा लामिछाने अहिले नै निर्दोष हुन् भन्ने मानसिव आधार नदेखिएको भन्दै लामिछानेलाई अदालतले धरौटी मागेको हो । ‘निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्ने मानसिव आधार नदेखिएपनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ६८ र ७२ समेतको आधारमा ६५ लाख रुपैयाँ नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नु,’– आदेशमा भनिएको छ ।