काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेशसँगै लामिछानेले ६५ लाखको बैंक ग्यारेन्टी बुझाएका हुन् ।
त्यस्तै, लामिछानेसँगै प्रतिवादीहरु नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी र रामबहादुर गुरुङले पनि धरौटी बुझाएका छन् । लामिछाने र जोशीविरुद्ध रुपन्देही, पर्सा, चितवन र काठमाडौंमा पनि सहकारी ठगी मुद्दा छ ।