काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिँउसो सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो । अहिले छलफल जारी छ । आजको भेटमा अशोक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश अघि बढाउन लागेपछि दुई नेताबीच भेटवार्ता बाक्लिएको हो ।
हिजोको भेटमा संविधान संशोधनको विषयमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा छलफल भएको सन्देश प्रवाह गरिएको थियो । जसमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि छलफलमा बोलाउने कुरा भएको थियो । तर, दाहालसँग यादवको सम्बन्ध सुमधुर छैन् ।
यस्तोमा माधव नेपालले आफूले उपेन्द्रसँग भेट्ने र मोर्चामा सक्रिय हुन फकाउने जिम्मा लिएको कुरा पनि बाहिर आएको छ । प्रधानमन्त्री ओलीले आजै साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्यसअघि नै दुई नेता सम्वादमा जुट्न लागेका हुन् ।