काठमाडौं, २६ पुस । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।ढिला गरी भर्खरै सुरु भएको मन्त्रिपरिषद् बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।
मन्त्रिपरिषद् बैठकबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी रहेको बताइएको छ । बैठकमा सहभागी हुन मन्त्रीहरु पुग्ने क्रम जारी रहेको छ । शिक्षामन्त्री विद्या भट्टराई पनि बैठकमा सहभागी हुन जाँदै गरेको बताइएको छ ।
बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । उक्त भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया र मुख्यसचिव एकनारायण अर्यालपनि सहभागी थिए । भेटवार्ताका क्रममा ओलीले अध्यादेशको बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ ।
मन्त्रिपरिषद् बैठकमा सहभागी हुन जाँदै मन्त्रीहरु