Logo

घर बिगार्दिने नेताको नाम सर्वाजनिक गर्न सिके राउतलाई मनिष सुमनको चुनौति



काठमाडौं, २७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई आरोप पुष्टि गर्न चुनौति दिएका छन् । डा.राउतले जसपा नेपालका नेताहरुले आफ्नो घरव्यवहार बिगार्दिएको आरोप लगाएका थिए । डा.राउतको उक्त आरोप खण्डण गर्दै नेता सुमनले कि जसपाका कुन नेताले घर व्यवहार बिगार्दिएको हो सार्वजनिक गर्न चुनौति दिएका हुन् ।

आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता सुमनले डा.राउतले आरोपका लागिमात्रै आरोप लगाएको दाबी गरे । उनले डा.राउतको उक्त आरोपलाई निचताको पराकाष्टको संज्ञा दिए ।

‘एउटा पार्टीले त अहिले यतिसम्म कसम खाएको छ, उसको घर व्यवहार बिग्रिएपछि तपाईँकै अन्तरवार्तामा भन्यो– जसपाले मेरो श्रीमती प्रयोग गरेर घर व्यवहार बिगार्दियो । आरोपको निचता त्यहाँसम्म पुग्दोरहेछ । जनता समाजवादी पार्टी कसैको घर बिगार्न हिँडेको हो ? कि जसपाका नेताको नाम भन्दिनुपर्यो अथवा झुठो बोल्नुभएन । दुईवटा मध्ये एउटा काम गर्नुपर्यो,’– नेता सुमनले भने ।



प्रतिक्रिया दिनुहोस्