Logo

अन्धकारमा बनेको सरकारले मध्यरातमा अध्यादेश ल्याएछः सुमना श्रेष्ठ



काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं पूर्वमन्त्री सुमना श्रेष्ठले मध्यरातको अध्यारोमा बनेको सरकारले मध्यरातमा नै अध्यादेश ल्याएको टिप्पणी गरेकी छन् । लोकतन्त्रमा संसद् छलेर अध्यादेश ल्याउनुलाई उनले ‘कहीँ नभएको जात्रा’ को संज्ञा दिएकी छन् । संसद्को आउँदो अधिवेशनमा अध्यादेश र सरकारको निरङ्कुशताबारे छलफल हुने उनको चेतावनी छ ।

सरकारले अध्यादेशबाट देश चलाउने तानाबाना बुनिरहेको उनको आरोप छ । पूर्वमन्त्री श्रेष्ठले सरकार संसद्मात्र नभएर जनताको प्रतिक्रियासँग पनि डराएर भागिरहेको टिप्पणी गरेकी छन् ।

‘मध्यरातको अन्धकारमा बनेको सरकारले मध्यरातको अन्धकारमै अध्यादेश ल्याएछ। संसद्मा सत्तापक्षको दुईतिहाई छ । तर, सरकार संसदबाट तर्सिन्छ र अध्यादेशबाट देश चलाउने तानाबाना बुन्छ। कारण स्पष्ट छः सरकार संसदमात्र होइन जनताको प्रतिक्रियासँग पनि डराएर भागिरहेको छ,’– ृउनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।



प्रतिक्रिया दिनुहोस्