Logo

वरिष्ठ अधिवक्ता खड्का न्याय परिषद् सदस्यमा सिफारिस



काठमाडौं, २७ पुस । नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सिफारिस गरेको छ। आज (शनिबार) बसेको बार एशोसिएशन कार्यसमितिको बैठकले खड्कालाई न्याय परिषद् सदस्यका लागि सिफारिस गरेको हो। अब संसदीय सुनुवाईबाट अनुमोदन भएपछि खड्का न्याय परिषद् सदस्यमा नियुक्त हुनेछन्।

बारको तर्फबाट न्याय परिषद्को सदस्य रहेका रामप्रसाद श्रेष्ठ गत मंसिर १५ गते अवकाश भएपछि उक्त पद रिक्त थियो। न्याय परिषद्को सदस्यमा सिफारिस भएको खड्का नेपाली कांग्रेसनिकट व्यक्ति हुन् ।



प्रतिक्रिया दिनुहोस्