Logo

आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्योः गृहमन्त्री लेखक



काठमाडौँ, २७ पुस । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् । आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घको २५औँ वार्षिक साधारणसभामा धारणा राख्ने क्रममा मन्त्री लेखकले सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको समेत उल्लेख गरे ।

‘सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानून संशोधन गरेको छ,’– उनले भने ।

मन्त्री लेखकले गैरआवासीय नेपालीको लगानीसम्बन्धी केही निर्णयसमेत गरेको बताए । ‘सूचना प्रविधिको प्रयोग गरी सेवा निर्यातको सहजीकरणका लागि कानुन संशोधन गरिएको छ,’– उनले भने ।

उक्त अध्यादेशले आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा नेपाल ल्याउनका लागि सहज हुने उहाँको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्