Logo

केयूको उपकुलपति छनोट समितिले बनाएको कार्यविधि बदर गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार



काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकूलपति छनोट गर्न सरकारले बनाएको समितिले बनाएको कार्यविधि बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

आइतबार सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाइने कार्यविधि खारेजीको माग गर्दै डा राजेन्द्र प्रसाद कोजुसमेत १० जना चिकित्सले सर्वोच्चमा शुक्रबार रिट हालेका थिए । मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भन्दै गरिएको व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाउँदै सर्वोच्च पुगेका थिए । मेडिकललाई प्रतिस्पर्धामा आउन वञ्चित गर्ने गरी भएको व्यवस्था तत्कालका लागि रोक्न अन्तरिम आदेशको माग गरेका थिए ।

उपकुलपति छनोट समितिले गत पुस १८ गते १० दिनको समय दिएर उपकुलपतिका लागि खुला आह्वान गरिसकेको छ ।

आगामी माघ ६ गतेदेखि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिँदै छ ।



प्रतिक्रिया दिनुहोस्