काठमाडौं, २८ पुस । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसद् नचलेको बेलामा अध्यादेश ल्याएको कुरालाई संसद्को अवज्ञा भन्न नहुने बताएका छन् । आज (आइतबार) राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘राजनीतिक दलमा सूचनाको हकसम्बन्धी कानुनको अभ्यास’ विषयक अन्तरक्रियामा उनले उनले संसद् अधिवेशन आह्वान नभएको अवस्थामा अध्यादेश ल्याउन सकिने बताएका हुन् ।
नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको स्मरण गराउँदै अध्यादेश ल्याउने कुरालाई संसद्को अधिकार कटौती गरेको भनेर बुझ्न नहुने उनले धारणा व्यक्त गरे । कानुन बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेको र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको उनले बताए ।
उपमहासचिव ज्ञवालीले सूचनाको हकसम्बन्धी ऐन र संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै आफ्नो पार्टीले पारदर्शी ढङ्गबाट जनतालाई हरेक सूचना प्रवाह गरिरहेको दाबीसमेत गरे । File Photo/RN