काठमाडौं, २८ पुस । कवाड व्यवसायी संघर्ष समितिले शान्ति सुरक्षाको माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कानुनविपरित कवाड व्यवसायीलाई दुःख दिने र अराजक गतिविधि गर्दै डोजरले घर भत्काउने गरेको भन्दै उनीहरुले शान्ति सुरक्षाको मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा कवाड व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएका हुन् । ‘काठमाडौं महानगरले वातावरण फोहर गरेको, आगलागी घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर महानगरपालिकाले कवाडमा व्यापक तोडफोड गरिएको स्थिति छ । कवाड व्यवसायीका समान जफत गरेको अवस्था छ । व्यवसायीलाई गालीगलौज कुटपिट र अभद्र व्यवहार गरेको छ,’– ज्ञापनपत्रमा भनिएको छ ।
समितिका अध्यक्ष गुप्तासहित सरोज श्रेष्ठ, सुरेश साह, कृष्ण यादव, श्याम यादवलागयत ज्ञापनपत्र बुझाउन गएका थिए ।