Logo

प्रधानमन्त्री ओली र भारतबीच चिसिएको सम्बन्ध सुधारको प्रयास भइरहेको छः श्याम घिमिरे (भिडिओसहित)



काठमाडौं, २९ पुस । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मुलुक भारतबीच सम्बन्ध चिसिएको प्रष्ट रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओली र छिमेकी मुलुक भारतबीच चिसिएको सम्बन्ध सुधारको प्रयास पनि भइरहेको बताए ।

‘प्रधानमन्त्रीको सम्बन्ध व्यक्तिगत रुपमा चिसिएको देखियो । किनभने अहिलेसम्म भारतले भ्रमणको लागि निम्तापनि गरेन । त्यो कुराले सम्बन्ध चिसिएको पक्कैपनि देखियो । तर, त्यो सम्बन्ध सुधारको कोशिस भइराखेको छ । सम्बन्ध सुधार हुन्छ । भारतलाई पनि नेपालसँग सम्बन्ध सुधार नगरी उपाय छैन । नेपालले पनि भारतसँग राम्रो सम्बन्ध नराखी अगाडि बढ्न सक्ने अवस्था छैन,’– उनले भने ।

साथै, दुवै देशको प्राथामिकता र बाध्यताको कारण सम्बन्ध सुधार हुने उनले विश्वास व्यक्त गरे । चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्क सम्झौताकै कारण भारत चिढिनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले चीन वा अन्य कुनैपनि देशसँग स्वतन्त्र रुपले सहमति वा सम्झौता गर्नसक्ने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्