Logo

रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग



काठमाडौं, २९ पुस । सरकारी वकिलहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविविरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको छ । थुनछेक बहसका क्रममा सरकारको तर्फबाट ११ जना सरकारी वकिलले बहस गर्ने बताइएको छ । अहिलेसम्म न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेललगायतले बहस गरिसकेका छन् ।

उनीहरुले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने र सहकारी पीडितहरुको न्यायको पक्षबाट पनि हेरिनुपर्ने जिकिर गरेका छन् । उनीहरुले सहकारीको बचत रकम गोर्खा मिडियामा लगेको लामिछानेलाई थाहा रहेको र उनले हस्ताक्षर गरेको चेक भेटिएको लगायतको तर्क प्रस्तुत गर्दै संगठित र सहकारी ठगी मुद्दामा तीन वर्षभन्दा बढी सजाय मागदाबी गरिएकाले थुनामै पठाउनुपर्ने बताएका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्