काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा समर्थकहरुले प्रधानमन्त्रीविरुद्ध मुर्दावादको नारा लगाएका छन् । काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई आजपनि न्यायिक हिरासतमा पठाएको विरोधमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारा लगाएका हुन् ।
उनीहरुले ‘केपी ओली मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद, भ्रष्ट सरकार होसियार, दलालहरु होसियार, राजनीतिक प्रतिशोध बन्द गर, रवि दाई हाई हाई’ लगायतका नाराबाजी गरेका थिए ।