काठमाडौं, १ माघ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का इन्चार्ज किशोरविक्रम मल्ल पक्राउ परेका छन् । बैंकिङ कसुर आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मल्लाविरुद्ध २० लाख ५० हजारको बैंकिङ कसुरको जाहेरी परेको थियो । जाहेरीपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो (सोमबार) पक्राउ परेका मल्ललाई महाराजगञ्ज वृत्तमा राखिएको छ ।
मल्ल एमालेको केन्द्रीय सदस्यसमेत हुन् ।