काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीराम चौधरीले वर्तमान सरकार बन्नुको मूल उद्देश्य संविधान संशोधन नै रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुको विकल्प नरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनी दिएको अभिव्यक्तिको खण्डण गर्दै उनले भने, ‘संविधान संशोधनका लागि यो गठबन्धन बनेको हो । यसलाई अगाडि बढाउनुपर्छ । प्रधानमन्त्रीजीले किन बोल्नुभयो त्यो मलाई थाहा भएन । तर, गठबन्धन जे उद्देश्यले बनेको हो, त्यो कार्यान्वयनमा जानुपर्छ ।’
साथै, उनले कांग्रेसले देश र जनताको पक्षमा काम र राजनीतिक स्थायित्व चाहेको बताए । उनले वर्तमान सरकार ढाल्ने, सरकारलाई लगाम लगाउने कुरा कांग्रेसले अहिले नचाहेको नउको भनाइ छ । कांग्रेस जहिले पनि परिवर्तनमा लाग्ने पार्टी रहेको बताउँदै उनले आफूहरु अहिले सरकार ढाल्ने पक्षमा नरहेको र यो गठबन्धनको अर्को विकल्प पनि नरहेको बताए । File Photo/RN