Logo

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको पक्षबाट बहस सुरू, आजै आदेश आउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको पक्षमा बहस सुरु भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको तर्फवाट थुनछेक बहस भइरहेको हो । रविको पक्षमा पूर्व महान्यायाधीवक्ताद्धय रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन् ।

बहस नसकिएपछि आइतबार र सोमवार उनलाइ हिरासतमा राखिएको थियो। मंगलबार सार्बजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाइ बुधबार मात्रै अदालत लगिएको हो । थुनछेक बहस आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानूनी लडाइ लडने भन्ने आज आदेश आउनेछ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार हाजिर हुन भने सकेका थिएनन् तर, आइतबारदेखि अदालतमा हाजिर भएका लामिछाने काठमाडौंमा बिगत तीन दिनदेखि हिरासतमा रहँदै आएका छन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको थियो ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितमाथि लागेको छ ।



प्रतिक्रिया दिनुहोस्