Logo

विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई, भोलि पत्रकार सम्मेलन गर्ने



काठमाडौं । सरकारको काम कारबाहीबारे विपक्षी दलको साझा धारणा बनाउन दुई सदस्यीय कार्यदल गठन भएको छ । बुधबार बसेको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको आह्वानमा बसेको बैठकले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एसका नेता वेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले बेलुकासम्म ड्राफ्ट तयार गर्ने र भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सहमति भएको छ । ड्राफ्टमा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषय समेट्ने विपक्षी दलको तयारी छ ।

प्रतिपक्षी दलहरुको बैठकले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेर स्वैच्छाचारी रवैया देखाएको निष्कर्ष निकाले छ । उक्त बैठकमा ६ दलका नेताहरुको सहभागिता थियो ।

बैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको स्वैच्छाचारी रवैयाको विरुद्धमा सबै छ दलको चिन्ता र चासो रहेको बताए । उनले सरकारको स्वैच्छाचारी रवैया बेठीक रहेको सबै दलका नेताहरुको निष्कर्ष रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्