काठमाडौं । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले एपीएफलाई ७१ रनको लक्ष्य दिएको छ । खरबा मौसमका कारण १५ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ५ विकेट गुमाएर ७० रन जोड्यो ।
गण्डकीका लागि ओपनरद्धय सिर्जना पौडेलले २५ तथा स्रिया शाहीले १३ रन जोडिन् । रेखा तामाङले १७ रन जोड्दा निरुता जीटीले ५ रन थपिन् । बलिङमा एपीएफकी विनु बुढामगरले २ तथा करुणा भण्डारीले १ विकेट लिईन् । पहिलो खेलमा गण्डकी सुदूरपश्चिमसँग पराजित भएको थियो भने एपीएफले कर्णाली प्रदेशलाई हराएको थियो ।