Logo

प्रधानमन्त्री ओलीको कम्बोडियाको लगानी र स्वीस बैंक पैसा प्रकरण छानविन हुनुपर्छः जगन्नाथ खतिवडा (भिडिओसहित)



काठमाडौं, २ माघ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेका विभिन्न आरोपहरु छानविन हुनुपर्ने बताएका छन् । आज (बुधबार) प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको र स्वीस बैंकमा पैसा रहेको भनी ओलीमाथि लागेको आरोपमा छानविन हुन आवस्यक रहेको बताएका हुन् ।

‘केपी ओली नामको नेपाली नागरिकले पैसा राखेको छ भनेपछि त्यहाँ छानविन चाहीँ हुनुपर्छ कि पर्दैन ? रवि लामिछाने को त छानविन भयो, हुँदैछ । छानविन चाहीँ हुनुपर्दैैन ?’ प्रश्न गर्दै उनले भने ।

साथै, प्रधानमन्त्री ओलीलाई उनले सर्वसत्तावादीको संज्ञा दिए । सर्वसत्तावादी सोच राखेर प्रधानमन्त्री ओलीले अध्यादेश ल्याइरहेको उनको आरोप छ । वर्तमान सरकार सबै प्रकारले असफल भइसकेको उनको दाबी छ । नेता खतिवडाले संविधान संशोधनको एजेण्डाबाट पनि सरकार पछाडि हटेको बताउँदै भने, ‘संविधान संशोधनको नारा लगाएर उहाँहरु सरकारमा जानुभयो । संविधान संशोधन त गर्न सक्नेवाला हुनुहुन्न । के–के अलिअलि गतिविधि गर्दै हुनुहुन्छ । उहाँहरुले बुझिसक्नुभयो, दुई तिहाइ पुग्दैन । दुई तिहाइ नपुग्ने भएपछि प्रधानमन्त्रीले भन्न थाल्नुभयो, अब हुन सक्दैन । ०८७ सम्म जाँदा त पक्का गर्छु भनेर परिकल्पनाको आशा बाँड्न थाल्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्