Logo

रास्वपा सभापति लामिछानेको थुनछेक बहस सकियो, आज आउला त आदेश ?



काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सो मुद्दाको सुनुवाइ भएको थियो । रविको पक्षमा पूर्व महान्यायाधीवक्ताद्धय रमण श्रेष्ठ र सुशील पन्तलगातले बहस गरेका थिए ।

लामिछानेका कानुन व्यवसायीहरुले बहस सकेपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको थियो । जवाफी बहस सकिएसँगै आदेशको तयारी भइरहेको बताइएको छ । लामिछाने धरौटीमा छुट्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने विषयमा आदेश आउने छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको थिउो । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्