Logo

बार काउन्सिलको पार्षद निर्वाचनमा आरपीएलए र पीपीएलएबीच गठबन्धन, सातै प्रदेशका लागि टुङ्ग्याइयो उम्मेदवार



काठमाडौं, २ माघ । नेपाल बार काउन्सिलको पार्षद निर्वाचनमा गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलए) र प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (पिपिएलए) बीच गठबन्धन भएको छ । पार्षद चयनको लागि आगामी माघ २६ गते निर्वाचन हुँदैछ ।

नेकपा (माओवादी केन्द्र) निकट आरपीएलए र नेकपा (एमाले) निकट पीपीएलएले सातै प्रदेशमा साझा उम्मेदवार तयार गरेका छन् । कोशी प्रदेशमाअधिवक्ता बालकृष्ण आचार्य, मधेशबाट अधिवक्ता ओम प्रकाश केशरी, बागमतीमा वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी, गण्डकीबाट अधिवक्ता नारायणप्रसाद शर्मा, लुम्बिनीबाट अधिवक्ता मदन पुन, कर्णालीमा अधिवक्ता मातृका खनाल, र सदुरपश्चिममा अधिवक्ता निरन्जन विष्टलाई उम्मेवादर बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्