Logo

रविका कार्यकर्ताबाट अदालतभित्रै कुटिए वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी



काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएका छन् ।

सहकारी पिडीतको तर्फबाट बहस गर्न पुगेका त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा रविका कार्यकर्ताले कुटेका हुन् । त्रिपाठीलाई कुटेपछि रास्वपाका कार्यकर्ताले अश्र्लिल नारासमेत लगाएका थिए ।

लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा हो-हल्लाका साथ नाराबाजी गरेका थिए ।  ‘मैले पीडितको पक्षबाट बहस गरेको थिएँ । ममाथि हातपात, कुटपिट भयो । मेरो ब्यागसमेत खोसिएको छ,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्