Logo

भुटानी शरणार्थी प्रकरण: बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगे बेचन झा, न्यायाधीश पाण्डेयको इजलासमा पेशी



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलिया बेचन झा बन्दीप्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि उच्च अदालत पुगेका झा उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका हुन् ।

झाले पुस ४ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । सो निवेदनमाथि गत पुस ५ गते न्यायाधीश कुमार रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गरेपछि झा फेरि बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर अदालत पुगेका हुन् । सो मुद्दाको पेशी न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।

जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनी उच्च अदालत पाटन पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।

उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्