Logo

रेल विभागले मुअब्जा नदिएर घरबारबिहीन बनाएको पीडितहरुको गुनासो



काठमाडौं, ३ माघ । महोत्तरीको बर्दिबास नगरपालिकाका पीडितहरुले रेल विभागले मुअब्जा नदिएर घरबारबिहीन बनाएको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्नो समस्या सुनाएका हुन् । आफूहरुले अहिलेसम्म न्याय नपाएको र स्थानीय सरकारले समेत गुनासो नसुनेको पीडितहरुको दुखेसो छ ।

पीडित चुँडामणि दाहालले अहिलेसम्म आफूहरुको समस्यामा छलफल मात्रै हुने र निर्णय नहुने समस्या रहेको सुनाए । उनले आफ्नो २०२३ सालमा नापी भएको जग्गा पनि अहिले ऐलानी भनेर मुअब्जा दिन नमानेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्