Logo

पार्टीभन्दा अघिनै फुट्यो एकीकृत समाजवादीको पत्रकार संगठन, अध्यक्ष सुवेदीसहितका नेताहरु प्रेस चौतारी प्रवेश गर्दै



काठमाडौं । पार्टी फुट्ने हल्लाबीच गुज्रिरहेको नेकपा एकीकृत समाजवादीको भातृ संगठन समाजवादी प्रेस सङ्गठन नेपाल भने फुट्ने भएको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका नेताहरुले आज संगठनबाट बिद्रोह गरेर नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका सुवेदीसहित केही पदाधिकारी र ठूलो संख्यामा केन्द्रीय सदस्यहरु आज प्रेस चौतारीमा जान लागेका हुन् । गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको बेलामा पनि संगठनका झण्डै तीन दर्जन पत्रकार नेताहरु चौतारीमा प्रवेश गरेका थिए ।

एक अनलाइनमा प्रकाशित लेखको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीले आफ्नै पत्रकार संगठनका अध्यक्ष सुवेदीलाई स्पष्टिकरण सोधेको थियो । बुधबार सुवेदीलाई उपमहासचिव रामकुमार भट्टराईले २४ घण्टे प्रष्टीकरण सोधेका थिए ।



प्रतिक्रिया दिनुहोस्