काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले अध्यादेशमार्फत शासन गर्ने आफ्नो कुनै इच्छा नरहेको प्रष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनासम्म देशका कामहरू रोक्न नहुने भएरमात्र अध्यादेश ल्याएको जिकिर गरे ।
‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने,‘१५-२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं । र अगाडि बढाउँछौं ।’
ओलीले अध्यादेश ल्याएर शासन गर्न खोज्यो भन्नु कुतर्क भएको बताएका छन् । सदन खुल्नासाथ अध्यादेश पेश हुने उनको भनाइ छ । ओलीले भने, ‘अध्यादेशले शासन खोज्यो भने। १५-२० दिनभित्र संसद् आइसक्छ। संसद् आएको पहिलो दिन त्यहाँ पेस गर्छौं। त्यहाँ छलफल गर्छौं। अगाडि बढाउँछौँ’ ।
गत भदौं ३० गतेबाट सदनको वर्खे अधिवेशन अन्त्य भएको थियो । हिउँदे अधिवेशन मंसिरको अन्तिम सातानै सूचारु हुनुपर्ने भएपछि हालसम्म सूचारु भएको छैन् । यसबीचमा सरकारले पाँच वटा अध्यादेश ल्याईसकेको छ ।