काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृ संगठन समाजवादी प्रेस संगठन नेपाल विघटन भएको छ । शुक्रबार अध्यक्ष विश्वमणि सुवेदीसहितका नेताहरु नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहित उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् ।
सुवेदीसहिका नेताहरुलाई एमाले महासचिव शंकर पोख्रेल तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसहितले स्वागत गरेका छन् ।
चौतारीमा प्रवेश गरेका सुवेदीले हालै भएको पत्रकार महासंघको निर्वाचनमा संगठनबाट जितेका ९० प्रतिशत पत्रकारहरु केही दिनमा नै चौतारीमा प्रवेश गर्ने बताएका छन् । केही दिनअघि सुवेदीले एक अनलाइनमा लेखेको लेखलाई लिएर पार्टीले बिहीबार २४ घण्टे स्प्रष्टीकरण सोधेको थियो ।