Logo

प्रचण्डले ८१ सांसदहरुको मोर्चाबन्दी कसेपछि सूर्य थापाको टिप्पणी : राजतन्त्रको पूनस्थापना र प्रतिगमनको सेवा



काठमाडौं, ५ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले विपक्षी दलहरुको मोर्चाबन्दीमाथि प्रश्न उठाएका छन् । उनले माओवादी केन्द्रसहितको मोर्चाबन्दी (८१ सदस्यीय) राजतन्त्रको पूनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सम्झिनुपर्ने आदि साझा एजेण्डा भएको भनेर आरोप लगाएका छन् ।

उनले फेशबुकमा विपक्षी दलहरुको साझा वक्तव्यसमेत साझा गर्दै लेखेका छन्–

२७५ सदस्यीय प्रतिनिधिसभामा ८१ सदस्यीय मोर्चाबन्दी ! (राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्नेआदि साझा एजेण्डा) बिना चिल्लाको च्वाईच्वाईं !



प्रतिक्रिया दिनुहोस्