Logo

मोहन बस्नेत माओवादीको छेउ पर्न पनि नसक्ने नेता सापकोटाको दाबी, ज्ञानको आयतन बढाउन सुझाव



काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई ज्ञानको आयतन बढाउन सुझाव दिएका छन् । आज (शनिबार) सिन्धुपाल्चोकमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले ज्ञानको आयतन बढाएर बुद्धिमतापूर्ण ढंगले माओवादीसँग बहस गर्न आउन आग्रह गरेका हुन् ।

नेता बस्नेतले केही समयअघि सिन्धुपाल्चोकमै आयोजित एक कार्यक्रममा माधव सापकोटाको तीखो आलोचना गरेका थिए । नेता सापकोटाले सोही आलोचनाको खण्डन गर्दै अब माओवादीसँग नेता बस्नेत छेउ पनि पर्न नसक्ने बताए । उनले भने, ‘तपाईँको पतनको यात्रा सुरु भइसकेको छ । यसलाई रोकेर, ज्ञानको आयतन बढाएर बुद्धिमतापूर्ण ढंगले बहस गर्न आउनुहुन्छ भने हामी तयार छौं । अरु धेरै दायाँबायाँ गरेर आउनु भयो भने यो पुरानो तरिका हो । तपाईँ हामीसँग प्रतिस्पर्धा त के छेउपनि पर्न सक्नुहुन्न ।’

साथै, नेता बस्नेतले उपभोक्ता समितिलाई सिफारिस बेचेकोदेखि लिएर गिटी बालुवा जम्मा गरेर बेचेर खाएको उनले बताए । नेता सापकोटाले संगै निर्वाचनमा हिँडेपनि नेता बस्नेतको मति हेर्दा गाली नगरी सुख नपाएको बताए ।



प्रतिक्रिया दिनुहोस्