Logo

सुप्रिम सहकारी ठगी प्रकरण: रवि र छविविरुद्ध आज रुपन्देहीमा मुद्दा दायर हुँदै



काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेसहित विरुद्ध आज मुद्दा दायर हुने भएको छ । रविसिहित नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध आज जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिन लागेको हो ।

रवि र छविसहित १७ जनाविरुद्ध आज पुरक अभियोग दायर गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी रहेको छ । गितेन्द्रबाबु राईसहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दायर भइसकेको थियो । आजको थप अभियोगमा प्रतिवादी जिबी राईसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर पनि समावेश गरिएको छ ।

पहिले नै मुद्दा दायर भइसकेकाहरुको कसुरमा थप कसुर र विगो थप गरेर अभियोग लगिएको र पुरक अभियोग आज दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछाने र जोशीलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गर्ने तयारी रहेको बताइएको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी गठीमा ६० लाख धरौटी तिरेर रिहा भएका थिए । छविले पोखरामा ८८ लाख धरौटी तिरेका थिए । उनी आजमात्र जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । अहिले उनको बयान चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्