काठमाडौं । मधेशी दलहरुसँग मोर्चाबन्दी कस्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बर्ता समिति गठन गरेको छ ।
लोसपाका वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहेको वार्ता समिति गठन गरिएको हो । अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गरी वार्तालाई छिटो निष्कर्षमा पुर्याउनका लागि वार्ता समिति गठन गरिएको जनाएका छन् ।
यसअघि लोसपाले पाँचसदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्र रहेका थिए ।
राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिबीच संवाद, सहकार्य र कार्यगत एकता आवश्यक रहेको लोसपाले जनाएको छ ।