Logo

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछाने आज रुपन्देही नजाने, यस्तो छ कारण



काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आज रुपन्देही नजाने भएका छन् ।

रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा सोमबार रुपन्देही जाने पूर्व तयारीमा रहेका लामिछाने अहिलेसम्म काठमाडौंमै छन् । स्रोतका अनुसार तयारी नपुगेपछि उनी काठमाडौंमा नै रोकिएका हुन् ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले लामिछाने, नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरेको थियो ।

उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । यसअघि २८ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर भइसकेको थियो । योसँगै सुप्रिम सहकारी ठगीमा ४२ जना प्रतिवादी बनेका छन् । लामिछानेविरुद्ध चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्