काठमाडौं, ७ माघ । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले सरकारले जनताले महशुस हुनेगरी काम गर्न नसकेको बताएकी छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएकी हुन् । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने उनको भनाइ छ ।
‘जनताले महशुस गर्नेगरी काम भएको छैन । काम गर्नुपर्छ भन्ने हो । महशुस हुनेगरी काम भएको छैन । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्यो । चुस्त दुरुस्त डेलिभरी हुनुपर्यो,’– उनले भनिन् ।
पार्टी सभापति शेरबहादुर देउवाले मन्त्री र आफ्ना नेताहरुलाई अध्यादेशको विरोध नगर्न निर्देशन दिएपनि देशभरीका नेता तथा कार्यकर्ताले अध्यादेश आउनु गतल रहेको बताइरहेको पनि उनले सुनाईन् ।
‘सरकारले अधिवेशन बोलाउने बेला भयो । तयारीमा पनि जुटेको छ । तर, संसद् छलेर अध्यादेश ल्याउनु गलत हो । संसद् हुँदाहुँदै छल्न हुँदैन भन्ने कुरा देशभरीका साथीभाइ र हाम्रो भनाइ हो,’– उनले भनिन् । File Photo/RN