काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा बागमती प्रदेशले त्रिभुवन आर्मीलाई ८ रनको लक्ष्य दिएको छ । खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा २ विकेट गुमाएर ८१ रन जोड्यो ।
बागमतीका लागि यसु पाण्डेले २५, कप्तान कञ्चन श्रेष्ठले २४ तथा यसोधा विष्टले २० रन जोडिन् । १२ रन बागमतीले अतिरिक्तमा पायो । आर्मीका लागि ईश्वरी विष्ट र लक्ष्मी साउदले समान १ विकेट लिए ।