काठमाडौं । मलेसियामा जारी आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा स्कटल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरिरहेको नेपालले १० ओभरमा ३ विकेट गुमाएर ४३ रन जोडेको छ । नेपालका लागि पूजा महतोले १८ रन जोडेर खेलिरहेकी छन् ।
नेपालले आजको खेलमा टिममा दुर्य खेलाडी परिवर्तन गरेको छ । सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन् ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।