Logo

तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, ७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको साविक आदर्श गाविसका तत्कालीन सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्सारीले सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । आज (सोमबार) अख्तियारले अन्सारीविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

तत्कालीन सचिव अन्सारीले साविक आदर्श गाविस भवानीपुर जीतपुर बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा पारदर्शी विधि नअपनाइको र विभिन्न आर्थिक वर्षमा गाविसमा विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

तत्कालीन गाविस सचिव अन्सारीले सटरहरु उपलब्ध गराउँदा लिएको धरौटीवापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथसमेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट आ.ब. २०६४÷६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५ सयधरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी वद्‍नियत राखी दुरुपयोग गरेको पाइएको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्