काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पूरानै घर एमालेमा फर्किने तयारीमा छन् । गौतम भोलि पर्सीभित्रै एमालेमा फर्किने तयारीमा लागेका छन् ।
२०७८ सालबाट एमाले छाडेर स्वतन्त्र रहँदै आएका गौतम फेरि एमालेमा नै जान लागेका हुन् । उनको एमाले प्रवेशसँगै राष्ट्रिय सभामा एमालेको एक सीट थपिने भएको छ । हाल राष्ट्रिय समाभा एमालेका ११ जना सांसद छन् । जसमा एक जना मनोनीत हुन् ।
एमालेमा जाने तयारीमा जुटेका गौतम राष्ट्रिय सभा सदस्य हुन् । ०७८ सालमा उनी ६ वर्षका लागि राष्ट्रिय सभामा मनोनीत भएका थिए । गौतमसहित एमालेबाट डा. अञ्जान शाक्य हाल मनोनीति सांसद हुन् ।
गौतम र शाक्यबाहेक राष्ट्रिय सभामा एमालेका विमला घिमिरे (उपाध्यक्ष) इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, रुक्मिनी कोइराला, शारदादेवी भट्ट, सुमित्रा विसी र सोनाम ग्याल्जे शेर्पा गरि ११ जना थिए । गौतम आएसँगै एमाले सांसद्को संख्या १२ पुग्नेछ ।