Logo

रित्तो गाग्री पुलिसलाई बुझाएर सिंहदरबार छिरे हर्क साम्पाङ



काठमाडौं । खाली गाग्री लिएर सिंहदरबार छिर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रहरीले रोकेको छ ।

मङ्गलबार बिहान सिंहदरबारतर्फ बढेको साम्पाङलाई प्रहरीले अनामनगरस्थित हनुमानस्थानमै रोकेर गाग्री खोसेको छ । उनी गाग्रीविनै खानेपानी मन्त्रालय पुगेका छन् । सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताए ।



प्रतिक्रिया दिनुहोस्