काठमाडौं । संसद्को अधिवेशन बोलाउन छाडेर सरकारले अध्यादेश ल्याएको भन्दै संसदीय समितिमा आलोचना भएपछि सत्तारुढ दल नेकपा एमाले प्रतिरक्षमा उत्रिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अध्यादेशको विरोध गरेका थिए ।
अमरेश र लेखनाथले बोलेलगत्तै बोलेका एमाले सांसद गोकुल बास्कोटाले अध्यादेश ल्याउनु अलोकतान्त्रिक नहुने भन्दै बचाउन गरेका हुन् । उनले संविधानले दिएको अधिकार प्रयोग गर्दा अलोकतान्त्रिक हुने भए संविधानबाट त्यो बुँदा हटाउन प्रस्ताव गरे ।
‘अध्यादेश आउनु लोकतन्त्र हो कि होइन भन्ने अनौठो लाग्छ । त्यो व्यवस्था संविधानमा राखेको छ त कसरी अलोकतान्धिक हुन्छ । होइन भने त्यो बुँदा संविधानबाट झिकिदिउँ’, उनले भने ।