काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ‘ट्वीटर’मार्फत बधाई दिँदै राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेकी छन् ।
दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले सोमबार शपथग्रहण गरेका थिए ।