Logo

कांग्रेस नेतृ थापाद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण



सर्लाही । नेपाली काँग्रेसकी युवा नेतृ एवं मधेश प्रदेश कार्यसमिति सदस्य शर्मिला थापाले सर्लाहीका विपन्न एवं दलित समुदायका बालबालिकाहरुलाई स्कूल व्याग वितरण गरेकी छिन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर १ किशनपुर गाउँ स्थित दलित एवं विपन्न वर्गको समुदायमा स्वंयम उपस्थित भई महिला नेतृ थापाले एक सय विपन्न तथा दलित समुदायका बालबालिकाहरुलाई मंगलवार स्कूल ब्याग वितरण गरेकी हुन् ।

मधेश प्रदेशको स्वास्थ्य विभाग प्रमुख समेत रहेकी महिला नेतृ थापाले आफनो निजी खर्चमा गरिव एवं दलित बालबालिकाहरुलाई स्कूल वितरण गरेकी हुन ।

चिसोको मौसममा आर्थिक अभावका कारण विद्यार्थीहरू विद्यालय जाँदा पाठ्यपुस्तक एवं कपी राख्न ब्यागको अभाव रहेको हुँदा नेतृ थापाले स्कुले बालबालिकालाई ब्याग वितरण गर्न पाउदा निकै खुशी लागेको बताएकी छन्।

आर्थिक अभावका कारणले ब्याग किन्ने पैसा नहुँदा विद्यार्थीहरू हात र झोलामा किताप, कापी राखेर पढ्न जाने गरेको गुनासो आएपछि पैसाको कमजोरीले ब्याग किन्न नसक्ने गरिव तथा विपन्न परिवारका बालबालिकालाई आफूले आफ्नो निजी लगानीमा ब्याग खरिद गरी उपलब्ध गराएको उनले बताइन्।

अहिले पनि हाम्रो समाजमा गरिबीबाट जुधिरेहको अवस्थामा लक्ष्ति वर्ग समक्ष एवं ति समुदायका परिवारलाई सहयोग गर्न अबसर जराइदिने सबै प्रति उनले आभार प्रकट गरिन् ।

ब्याग वितरण कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, नेपाली कांग्रेसका नेताहरू श्याम सिंह, अनिल कर्ण, तेजनारायण चौधरी, वडा नं १ का वडा सभापति ईसा मंसुर, वडा नं २ का वडा सभापति मक्सुद आलम सहित सातै वडाका सभापतिहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्